११ आश्विन २०८३, आइतबार | September 27, 2026

सुरक्षा थ्रेट भन्दै लगिएका जबरा घर फर्किए, तर सुरक्षाकर्मीको अत्तोपत्तो छैन


September 27, 2026
415
Shares

काठमाडौं । मध्यराति बिनापूर्जी घरबाट पक्राउ गरेर लगिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले आइतबार अपराह्न घरमै ल्याएर छाडेको छ।

तर, सुरक्षा थ्रेटका कारण सुरक्षाका लागि लगिएको र घरमै सुरक्षा व्यवस्था मिलाइने भनिएका जबराको निवासमा सुरक्षाकर्मीको नामोनिसान देखिएको छैन।

प्रहरीले जेनजी समूहबाट सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिइएको जनाएको थियो। त्यसपछि उनलाई बाँसबारीस्थित धारापाटीको निवासमा पुर्‍याएर छाडिएको हो।

तर, सुरक्षा व्यवस्था मिलाएर घर फर्काइएको भनिएका जबराको निवास र घर जाने क्षेत्रमा प्रहरी सुरक्षाकर्मीको उपस्थिति देखिएको छैन।

सुरक्षा थ्रेटकै कारण नियन्त्रणमा लिइएका व्यक्तिलाई घरमै सुरक्षित राखिने भनिए पनि त्यसअनुसारको सुरक्षा तैनाथी नदेखिएपछि प्रहरीको भनाइ र व्यवहारबीच प्रश्न उठेको छ।

मध्यराति पक्राउ, पक्राउको कारणबारे स्पष्ट जानकारी नदिइनु र केही घण्टामै घर फर्काइनुले घटनालाई थप रहस्यमय बनाएको छ।

सुरक्षा थ्रेटका कारण नियन्त्रणमा लिइएको भनिएका जबराको सुरक्षाबारे प्रहरीले के व्यवस्था गरेको छ भन्ने प्रश्नसमेत उब्जिएको छ।

प्रतिक्रिया