महाधिवेशन प्रतिनिधिमा बिरेन गुरुङको उम्मेदवारी
तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं। १ बाट जनजाति कोटातर्फ बिरेन गुरुङले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। ‘समावेशी कांग्रेस, समृद्ध नेपालको आधार’ भन्ने नारासहित गुरुङले आज दमौलीमा उम्मेदवारी दर्ता गराएका हुन्।
बन्दीपुरमा मात्र नभई समग्र तनहुँ कांग्रेसमा प्रभावशाली युवा नेताका रूपमा परिचित गुरुङ समाजसेवीसमेत हुन्। सहयोगी भावना र सामाजिक सेवामा सक्रिय रहँदै आएका उनी जनजाति समुदायको हकहित र अधिकारका पक्षमा आवाज उठाउँदै आएका छन्।
पार्टीमा सबै समुदायको समान र समावेशी सहभागिता सुनिश्चित गर्दै संगठनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै आएका गुरुङले समृद्ध र सबल नेपाली कांग्रेस निर्माणको लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।
जनजाति समुदायको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै पार्टी संगठनलाई समावेशी, गतिशील र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।
समावेशी प्रतिनिधित्व, सामाजिक सेवा र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै गुरुङ महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएका छन्।


