३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रवि लामिछानेले प्रचण्ड सरकारलाई समर्थन फिर्ता लिने


0
Shares

काठमाडौं, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिने बताएका दिएका छन् । उनले शुक्रवार सिंहदरबारमा सांसद पदको सपथ लिएपछि पत्रकारको प्रश्नमा सरकारमा सहभागी नहुने समेत स्पष्ट पारे ।

लामिछानेले भने, सरकारलाई दिएको समर्थन गर्नेबारे छलफल गर्नुपर्नेछ । कर्यौ आपत्तिजनक घटनाक्रम भएकाले समिक्षा गर्नुपर्छ । सरकारलाई जस्तो अवस्थामा पनि समर्थन गरिनराख्ने उनको भनाई थियो ।

वैशाख १० मा भएको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट पुनः निर्वाचित भएका हुन् । तीन सिटका लागि भएको उपनिर्वाचनमा लामिछानेको दलले थप एक सिट जित्दै संसदमा २१ सिट बनाएको छ ।

संसदमा लामिछानेको दल रास्वपा चौंथो ठूलो शक्ति हो । लामिछाने यसअघि प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए । तर, सर्वोच्च अदालतको आदेशले नागरिकता प्रकरणमा सांसद पद समेत गुमाउन पुगे ।

रास्वपाले समर्थन फिर्ता लिएपनि प्रचण्ड सरकारले बहुमत गुमाउने छैन । तरपनि, प्रचण्डले रास्वपालाई सरकारमा सहभागी गराउने प्रयास थालेका छन् ।

प्रतिक्रिया