३ कार्तिक २०८१, शनिबार | October 19, 2024

तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी


0
Shares

काठमाडौं, १२ वैशाख । तनहुँ–१ मा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । गत मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका वाग्लेले फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

वाग्लेले ३४ हजार ९४१ मत प्राप्त गर्दा निटकटम प्रतिद्धन्द्धी नेपाली काग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्ले र भट्टराईबीच १४ हजार ७९७ मतान्तर रहेको छ ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याएर तेस्रो स्थानमा छन् । राप्रपाकी शोभा गुरु«ले २१८ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया