८ भदौ २०८३, सोमबार | August 24, 2026

सिंहदरवारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश


0
Shares

काठमाडौँ, ९ वैशाख । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई फोहो्र उठाउन आदेश दिएको छ । अदालतले सिंहदरवार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको हो।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त आदेश दिएको हो । आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो।

प्रतिक्रिया