३१ भाद्र २०८१, सोमबार | September 17, 2024

निजगढ विमानस्थलको ललिपप देखाएर उपेन्द्रलाई चुनाव जिताउने प्रचण्डको दाउ


0
Shares

काठमाडौं, ७ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव कुनैबेला तत्कालीन नेकपा माओवादीमा आवद्ध थिए । उक्त दलमा लागेर उनी सशस्त्र गतिविधिका बखत सक्रिय भए । यसकारण उनको प्रचण्डसँग विगत देखि नै नजिकको सम्बन्ध छ ।

प्रचण्डकै कारण पछिल्लो राजनीतिक घटनामा उपेन्द्र टिकेका छन् । उनैले उपेन्द्र यादवलाई संसदमा फेरि ल्याउन खोजे र सबै रणनीति अपनाए ।

आज बिहिबार बारा पुगेर प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्रलाई जिताउन चाँडै निजगढ अन्तर्राष्टिय विमानस्थल बनाउने महत्वपूर्ण उद्घोष गरे । विवादास्पद निजगढ अन्तर्राष्टिय विमानस्थल निर्माणको शिलान्यास गर्ने उनको भनाई चुनाव जित्ने दाउ मात्र हो ।

प्रचण्डले निजगढ विमानस्थलको ललिपप देखाए । दशौं लाख रुख सखाप पारेर बनाउन खोजिएको विमानस्थल विवादमा छ ।

यसै पनि पोखरा र भैरहवा विमानस्थलमा अरबौं लगानी गरेर सञ्चालनमा आएको छैन । तर, प्रचण्डले उपेन्द्रलाई चुनाव जिताउन विमानस्थल शिलान्यास गर्ने कुरा बोले । देशको ढुकुटी सखाप पार्दै पूर्वाधार निर्माण गर्ने तर उपयोग नगर्ने परिपाठी विकास हुँदै जाँदा प्रचण्डको भनाई सार्वजनिक भएको हो । उनले भने, ‘निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ।’ गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुने समेत बताए।

उपेन्द्र यादव देशको नेता भएकाले संसदमा चाहिने प्रचण्डको भनाई थियो । उनले भने, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो देशले जित्नु हो । संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो ।’

प्रतिक्रिया