३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कांग्रेसका एनपी साउद परराष्ट्र मन्त्री बन्दै,आजै शपथ


83
Shares

काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले आज आठौं पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् ।

आइतबार नेपाली कांग्रेसको तर्फबाट एनपी साउद परराष्ट्रमन्त्री बन्दैछन् । साउथले आजै पद तथा गोपनियताको शपथ लिने तयारी गरिएको जनाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई मध्यनजर राखेर साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको बुझिएको छ ।

सभापति देउवा समूहका साउदले आज ३ बजे शपथ लिने कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया