३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै


0
Shares

काठमाडौं, २७ चैत्र । केही समययता आन्दोलनरत मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आईतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार आज बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गृृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

पीडित पक्षले मिटर ब्याज असुली गर्नेहरुलाई कडा कारबाही हुनुपर्ने, उनीहरुले आफूहरुमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन ।

प्रतिक्रिया