तास खेल्ने १० जना पक्राउ

दार्चुला,२५ चैत्र । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । महाकाली नगरपालिका–४ बांगाबगर बस्ने ५० वर्षीय गणेश सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ५ सय ६८ रूपैयाँ र १० थान तासका गड्डीसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।