१२ श्रावण २०८१, शनिबार | July 27, 2024

शाहिद र कृतिले पहिलो पटक स्क्रिन सेयर गर्देै,फर्स्ट लुक पोस्टर सार्वजनिक


0
Shares

एजेन्सी, २५ चैत्र । बलिउड सुपरस्टार शाहिद कपूर र कृति सेननको जोडी पहिलो पटक चाँडै एक प्रेमकथा फिल्ममा देखिने भएको छ । शाहिद र कृतिको आगामी फिल्म अनटिलको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको हो ।

पहिलो पटक शाहिद र कृति एक साथ फिल्ममा स्क्रिन सेयर गर्दैछन्। शाहिद कपुर र कृति सेननको यो अनटोल्ड रोमान्टिक फिल्मको फर्स्ट लुक पोस्टर शनिबार सार्वजनिक भएको छ ।

शाहिद कपुर र कृतिको यो आगामी प्रेमकथा फिल्मको फर्स्ट लुक पोस्टरले फ्यानहरुको उत्साह दोब्बर बनाएको छ । शनिबार, प्रसिद्ध फिल्म समीक्षक तरण आदर्शले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा पछिल्लो पोस्ट साझा गरे। तरन द्वारा साझा गरिएको यो पोस्ट शाहिद कपूर र कृति सेननको शीर्षक बिनाको आगामी फिल्मको पहिलो लुक पोस्टरको बारेमा हो।

यो पोस्टरमा शाहिद र कृति बाइकमा बसेर रोमान्स गरिरहेको देख्न सकिन्छ । तरणका अनुसार यो फिल्ममा शाहिद कपुर र कृति सेननका अलावा हिन्दी सिनेमाका दिग्गज कलाकार धर्मेन्द्र र डिम्पल कपाडिया पनि मुख्य भूमिकामा छन् । फिल्मका निर्माता म्याडक फिल्मका निर्देशक दिनेश विजन र निर्देशक अमित जोशी र आराध्या हुन् ।

फ्यानहरूले पहिलो पटक शाहिद र कृतिको जोडीलाई ठूलो पर्दामा हेर्न पाउनेछन् । यी दुईको फिल्मको नाम भने खुलाइएको छैन । तर फिल्मको छायांकन सकिएको छ । तरण आदर्शले शाहिद कपुर र कृति सेननको यो अनटाइटल फिल्म यसै वर्षको अक्टोबर महिनामा रिलिज हुने बताएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया