२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

चितवनको सौराहामा हात्तीको सुँड काटियो


0
Shares

काठमाडौं, २२ चैत्र । चितवनको सौराहामा सुँड काटिएको अवस्थामा एक हात्ती भेटिएको छ । अज्ञात समुहले हात्तीको सुँड काटिदिएको प्रहरीले जनाएको छ ।

सौराहस्थित हात्तीसारमा बाधेर राखिएको एक हात्तीको सुँड धारिलो हतियारले काटिएको अवस्थामा फेला परेको हो ।

हात्तीले सुँड आहारा तान्न र भुँइको कुनै कुरा टिप्न प्रयोग गर्छ । तर, त्यही सुँड काटिएपछि एउटा हात्तीको बिजोग हुने भएको छ ।

काटिएको सुँड जोड्न नमिल्ने अवस्थामा भेटिएको छ । हात्तीको सुँड काट्ने अपराधिक समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया