३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मिटरब्याज पीडितको अर्को समूह फेरि काठमाडौंमा, आन्दोलन जारी राख्ने घोषणा


0
Shares

काठमाडौं, २१ चैत्र । मिटरब्याज पीडितहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरे थप सशक्तआन्दोलन गर्ने चेतावनी दिएका छन्। पीडितहरुले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

सरकारले पीडितको पक्षमा तत्काल कानून बनाउनुपर्ने, जाली तमसुकहरु खारेज गरिनुपर्ने, पीडितका नाममा झुटा मुद्दा लगाएर जारी भएका पक्राउ पुर्जी खारेज हुनुपर्ने, झुटा मुद्दा लगाएर थुनामा रहेका पीडितहरुलाई तत्काल रिहाइगर्नुपर्ने लगायतका माग राखेका छन् ।

सर्लाहीबाट सोमबार काठमाडौं आएका पीडित चन्दकुशवाहाले सरकारले पीडितको पक्षमा गरेका कुनै पनि सम्झौता कार्यान्वयनमा चासो नदेखाएको बताए । सरकारले २०७८ साल असोज १ गते पीडितहरुसँग गरेको कुनैपनि सहमति कार्यान्वयनमा चासो नदेखाएको पीडितहरुको आरोप छ ।

‘२०७८ असोज १ गते मिटरब्याजी ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष लगायतको हाम्रो टोलीगएर सरकारसँग पाँचबुँदे सम्झौता गरेको थियो । उक्त पाँचबुँदे सम्झौतामा सरकारले आज सम्म कुनै पहल र चासो दिएको देखिएन,’– उनले भने ।

उक्त समयमा सरकारले गठन गरेको कार्यदलले पीडितको बस्तीमा पुगे अतिनै राम्रो प्रतिवेदनबनाएर सरकारलाई पेश गरे पनि कानुन अभावकाकारण कार्यान्वयननभएको उनको दाबी छ । पीडितलाई न्याय दिनका लागि तत्काल भएका कानुन संशोधन र आवश्यक कानुन बनाउनुको विकल्प नभएको उनको भनाई छ ।

‘उहाँहरुले एउटा कार्यदल त गठन गर्नुभयो । कार्यदलले गाउँ–गाउँमागएर हाम्रो समस्याबुझेर अतिनै राम्रो प्रतिवेदन सरकारलाई बुझायो । प्रतिवेदनलाई हामी पीडितहरुले स्वागत पनि गर्यौं । प्रतिवेदनमा सबैभन्दा ठूलो कुरा कानुन परिमार्जन गर्नुपर्ने थियो । मिटरब्याज पीडितहरुको पक्षमा वकिलले वकालत गरिदिनका लागि, न्यायाधीशले फैसला गरिदिनका लागि कानुन अपुग छ । त्यो सरकारले बनाइदिनपर्ने थियो । आजसम्म सरकार त्यतातिर ध्यानै दिएन,’– उनले भने ।

प्रतिक्रिया