२३ भाद्र २०८१, आइतबार | September 8, 2024

निर्वाचन अधिकृत र क्याम्पस प्रमुखको मिलेमतोमा हातमा हत्कडी लगाएर बुथ कब्जा गरियो : आशिष देवकोटा


0
Shares

काठमाडौं,१९ चैत । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पसमा भएको स्ववियु चुनाव रद्द गर्न माग गरेको छ । कांग्रेसले क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकले नेविसंघलगायत अन्य विद्यार्थी संगठनसँग समन्वय नगरी गत चैत १७ गते निर्वाचन गराएको भन्दै चुनाव रद्द गर्न माग गरेको हो ।

अवैधानिक तरिकाले स्ववियु निर्वाचन गर्न खोज्दा विरोधमा उत्रिएका स्ववियु सभापतिका नेविसंघका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । साथै उक्त यो घटनाको छानबिन गर्नसमेत कांग्रेसको माग छ ।

उम्मेदवार देवकोटाले अवैधानिक कार्यको विरोध गर्दा आफूमाथि कुटपिट र प्रहरीले हटकडीसमेत लगाएको बताए । उनले आफूलाई प्रहरीले कुट्दा समेत क्याम्पस प्रशासनले रोकेन र सबै टुलुटुलु हेरेर बसेको प्रतिक्रिया दिएका छन् । देवकोटा र यादवको हातमा हत्कडी लगाएको भिडियो सार्वजनिक भएको छ ।

निर्वाचन अधिकृत र क्याम्पस प्रमुखको मिलेमतोमा देवकोटा माथि मरणसन्न घाइते पारी बुथ कब्जा गरेर आफु नजिक नतिजा प्रकाशन गरिएको विद्यार्थीहरुको आरोप छ ।

नेविसंघको उपस्थित बिना माओवादी निकट विद्यार्थी संघठन क्रान्तिकारी र एमाले निकट विद्यार्थी संघठन अनेरास्ववियुबिच तालमेल गराई अखिल सयुंक्त नाम राखि निर्वाचन गरिएपछि देवकोटा र यादवले रोक्न खोज्दा प्रहरीले मरणासन्न घाइते पारी आफु अनुकूल नतिजा प्रकाशन गरेको नेविसंघ इकाईले जनाएको छ ।

सो क्याम्पसमा प्रमुख मिलन सुवेदी र निर्वाचन अधिकृत सुर्यप्रसाद भट्ट अनेरास्ववियु क्रान्तिकारी रामपुर क्याम्पसका क्रमशः पुर्व अध्यक्ष र सचिव हुन् । २४१ जना मतदातामध्ये १२० जनाको मतको आधारमा आफु अनुकूल नतिजा प्रकाशन गरी स्ववियु सभापतिसहित प्यानल विजयी घोषणा गरिएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया