१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विराटनगरको आन्दोलनमा १७ राउण्ड हवाई फायर, कयौं घाइते


0
Shares

काठमाडौं, १४ चैत्र । एक नम्बर प्रदेशको नाम कोशी राखेको विरोधमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडपमा परी २० भन्दा बढी घाइते भएका छन् ।

झडपमा प्रहरी र आन्दोलनकारी दुवै तर्फ गरी २० भन्दा बढी घाइते भएका हुन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर र ४४ सेल अश्रुग्यास प्रहार गरेको छ ।

पहिचानका आधारमा नाम राख्न दबाव दिन भन्दै आएका आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया