३१ भाद्र २०८१, सोमबार | September 17, 2024

रक्सौलबाट काठमाडौंसम्म कहिले आउला रेल ?


0
Shares

काठमाडौं, १३ चैत्र । काठमाडौवासीले रेलको सपना देखेको धेरै भयो । कतिपयले चीनको स्वशासित क्षेत्र तिब्बतबाट त कतिपयले भारतको विहार राज्यको रक्सौलबाट रेलको परिकल्पना गरेको धैरे भयो । तर, रेलको सपना देख्दा देख्दै धेरै बालकबाट युवक हुँदै वृद्ध भइसकेका छन् ।

अब रक्सौलबाट रेल आउने सम्भावनाले भने गति लिएको छ । काठमाडौं–रक्सौल रेलमार्गको वृस्तृत परियोजना प्रतिवेदन डीपीआर अन्तिम चरणमा पुगेको छ । भारतले एक महिनाभित्रै डीपीआर तयार हुने जानकारी गराएको उपप्रधान तथा भौतकि पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले खुलाए ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले डीपीआर अबको एक महिनाभित्र तयार भएर नेपालले प्राप्त गर्ने आशा व्यक्त गरे । उनले भने, भारतले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर एक महिनाभित्र तयार हुने जानकारी गराएको छ ।

२२ असोज २०७८ मा नेपाल र भारतबीच काठमाडौं–रक्सौल रेगमार्गको डीपीआरसम्बन्धी एमओयू भएको थियो । यसमा भारतले आफ्नै खर्च गर्ने समझदारी भएको थियो ।

भारतले रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट नेपाललाई दिइसकेको छ । भारतीय कम्पनी केआरसीएलले तयार पारेको रिपोर्ट अनुसार रेलमार्गको लम्बाई १३६ किलोमिटर हुने उल्लेख छ । जसको ४० किलोमिटर खण्डमा सुरुङ रहनेछ भने ३५ वटा पुल निर्माण गर्नुपर्ने देखिएको छ ।

भारतको विहार राज्यको रक्सौलबाट काठमाडौंसम्म बनाउने भनिएको रेलमार्गलाई भारत सरकारले निकै महत्व दिएको छ । रक्सौलबाट बाराको निजगढ हुँदै काठमाडौं आउने क्रममा भौगोलिक रुपमा जटिल पहाडहरु रहेकाले रेलमार्ग निर्माण चुनौतीपूर्ण र खर्चालु हुने देखिएको छ ।

प्रतिक्रिया