२ कार्तिक २०८१, शुक्रबार | October 19, 2024

डिफेण्डिङ च्याम्पियन एन.आर.टी अन्तिम चारमा


0
Shares

बारा, १२ चैत । डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एन.आर.टी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।

‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडसँगको प्रतिस्पर्धामा एन।आर।टीका लागि एक मात्र निर्णायक गोल अशोक थापाले गरे । खेलको २९ औं मिनेंटमा कृतिश रत्नचुन्जुको डिबक्स भित्र निकालेको क्रस पासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।

घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज यूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो । खेलको ४८ औं मिनेंटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुक्न पुगे । विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो । पहिलो हाफ नियन्त्रणमा लिएको एन।आर।टी विरुद्ध बीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुत ग¥यो । दोश्रो हाफको शुरुबाटै एन।आर।टी विरुद्ध आक्रामक खेल खेले पनि बीरगञ्जले स्कोर बनाउँन सकेन ।

खेलको ५४ औं मिनेंटमा बीरगञ्जले एन.आर.टी विरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो । वन भर्सेस वनको स्थितीमा बीरगञ्जका कृपाले गोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एन।आर।टीका गोल रक्षक पुजनहोनाले सहज बचाउ गरे । खेलको ७४ औं मिनेंटमा बीरगञ्जले अर्को आकर्षक अवसर गुमाएको थियो । निरज थापा मँगरको क्रस बलमा सागर चौधरीको हेडर बल क्रस बारमा ठोक्किएर बाहिरीन पुग्यो । अन्तिम समयमा आक्रामक खेल खेलेको बीरगञ्जले ८४ औं मिनेंटमा अर्को अवसर गुमायो । निरज थापा मँगरको क्रस पासमा कृपा चौधरीको हेडर बल एन.आर.टीका गोल रक्षकले उत्कृष्ट बचाउ गरे ।

दोश्रो हाफको इन्जुरी समयको अन्तिम मिनेंटमा बीरगञ्जले अर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपर समेत बिट गरि सकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो ।

प्रतिष्पर्धात्मक खेलमा एन.आर.टीले पनि केहि आकर्षक गुमाएको थियो जसकारण बीरगञ्ज विरुद्ध जित निकाल्न अन्तिम समय सम्म कडा संघर्ष गर्नु परेको थियो ।

खेलको सातौं मिनेंटमा कृति रत्नचुन्जुको क्रस पासमा अशोक थापाको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीएको थियो । खेलको ६४ औं मिनेंटमा अशोक थापाले किपर समेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार बीरगञ्जका डिफेण्डरले गोल लाईनबाट क्लिएर गरेका थिए ।

एन.आर.टीलाई अन्तिम चारमा पु¥याउँन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दिम्याच घोषित भए । उनले दश हजार नगद सहिँत ट्रफि प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत सोमवार सातदोबाटो युथक्लब र हिमालयन शेर्पा विच तेश्रो क्वाटर फाइनल खेल हँुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया