१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आज नेपाल र रुस भिड्दै


0
Shares

काठमाडौं, १२ चैत्र । साफ यु १७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा आज नेपाल रुससँग भिड्दैछ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले रुससँग प्रतिष्पर्धा गर्न लागेको हो ।

नेपाल र रसियाबीचको खेल राति ७ बजेबाट शुरु हुनेछ । नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौथो स्थानमा छ ।

यसअघिको खेलमा नेपाल भारतसँग ४—१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई ५—० ले हराएको थियो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ ।

 

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया