२३ भाद्र २०८१, आइतबार | September 8, 2024

जगदम्बा जीतपुरसिमरा गोल्डकप आजदेखि सुरु, आयोजक र चितवन भिड्दै


0
Shares

बारा, ९ चैत । जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उदघाटन खेलमा आज बेलुकी आयोजक नवजनजागृती युवा क्लब र भरतपुर फुटबल क्लब चितवन बिच प्रतिश्पर्धा हुँने भएको छ ।

मोफसल कै प्रतिष्ठत फुटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकप आज बेलुकीबाट सुरु हुँन लागेको हो । आयनेजकका अनुसार सिमरा रंगशालामा साँझ ५ः३० बजे प्रतियोगिता सुरु हुँने छ ।

फ्लड लाईटमुनी हुँने प्रतियोगिताको उद्घाटन बारा क्षेत्र नं.४ का प्रतिनिधिसभा सदस्य एवंम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले गर्ने भएका छन् ।
चैत्र १८ गते सम्म सञ्चालन हुँने प्रतियोगितामा ूएू डिभिजन पाँच सहिँत १० टिमको सहभागिता रहँने छ । आयोजकका अनुसार प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, बिरगंज युनाइटेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, भरतपुर फूटबल क्लब र आयोजक सहभागी हुँने छन् । एनआरटी प्रतियोगिताको साविक विजेता र एपीएफ उपविजेता हो ।

जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टिल्स् प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्ने छन् । विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोल कर्ताले जनही २० हजार प्राप्त गर्ने छन्, भने उदयीमान खेलाडीले नगद १५ हजार रूपैयाँ प्राप्त गर्ने छन् ।

प्रतिक्रिया