१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आज घट्यो सुनको मुल्य, तोलाको कतिमा हुुँदैछ कारोबार


0
Shares

काठमाडौं, ८ चैत्र । बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । आइतबार इतिहासमै उच्च रेकर्ड राख्न सफल भएको सुनको मुल्य प्रतितोला आज २ हजार रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ ।

यस्तै, आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँ खरिद विक्रि भइरहेको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया