मुख्यमन्त्रीको गाडी तोडफोडको प्रयास

काठमाडौं, ६ चैत्र । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की चढ्ने गाडीमाथि तोडफोड प्रयास भएको छ ।
सोमबार दिउँसो ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ११ मिलन चोकमा कार्की सवार गाडी तोडफोड गर्ने प्रयास भएको हो ।
प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् । प्रदर्शनकारीले मुख्यमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए ।