२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कहिले बन्छ त विराट कोहलीको बायोपिक !


0
Shares

एजेन्सी, ६ चैत्र । फिल्म आरआरआर को नाटु–नाटु गीतले ओस्कार २०२३ मा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेसँगै दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार राम चरणलाई ग्लोबल आइकनका रूपमा हेरिएको छ ।

हालै उनले धेरै महत्वपूर्ण खुलासा गरेका छन् । उनले खेलकुदमा उत्कृष्ट फिल्म बनाउन चाहेको बताए । उनले विराट कोहलीको बायोपिक गर्ने मौका पाए भने अवश्य गर्ने बताए ।

रामचरणलाई सोधिएको थियो उनी आगामी दिनमा कस्ता फिल्महरू गर्न चाहन्छन् ? यो प्रश्नको जवाफ दिँदै उनले खेलकुदसँग सम्बन्धित चलचित्र गर्न चाहेको बताए । उनको जवाफमा रिपोर्टरले सोधे कि के उनी विराट कोहलीको बायोपिकमा काम गर्न चाहन्छन् ?

यसमा रामचरणले तुरुन्तै जवाफ दिए, भने– बिल्कुल, विराट कोहली एक प्रेरणा हुन्। यदि मलाई मौका मिल्यो भने म उनको बायोपिक अवश्य गर्नेछु । म पनि उनी जस्तै देखिन्छु।

यस कन्क्लेभको क्रममा रामचरणले ओस्कर समारोहमा नृत्य नगरेकोमा आफ्नो मौनता तोडे। उनले भने कि उनी समारोहमा प्रदर्शन गर्न चाहन्छन्, तर ओस्कार समितिले यस बारे सम्पर्क गरेन। तर पनि कार्यक्रममा आफ्नो गीत प्रस्तुत भएकोमा उनी खुसी छन् ।

प्रतिक्रिया