११ पुस २०८१, बिहिबार | December 26, 2024

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिने


March 5, 2023
0
Shares

धनगढी, २१ फागुन । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएको छ । निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल विश्वासको मत नदिएको नाउपाले मुख्यमन्त्री शाहलाई भने विश्वासको मत दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकमा विश्वासको मतको लागि राखेको प्रास्तवपछि सो निर्णय गरेको हो । सुुदुरप्रदेशमा नाउपा निर्णायक शक्ति बनेको छ । सभामा नाउपाका ७ जना प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया