२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नवनियुक्त मन्त्रिहरुले लिए पद तथा गोपनियताको शपथ


0
Shares

काठमाडौं, १७ चैत्र । आज नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् र

नेपाली कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री,डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, एकीकृत समाजवादीका तर्फबाट बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

यसैगरि माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीको शपथ लिएका छन्। भौतिक पूर्वाधारमन्त्री रहनुभएका नारायणकाजी श्रेष्ठलाई भने गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया