३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारत भ्रमणमा एयर रुटबारे कुरा गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई


0
Shares

काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जाँदा नेपालको एयर रुटसँग सम्बन्धित विषय उठाउने खुलाएका छन् । उनले लुम्बिनीमा सहज हवाई सेवा सञ्चालनका लागि एयर रुटबारे प्राथमिकताका साथ कुरा उठाउने बताएका हुन् ।

आज विहान चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उदघाटन गर्दै प्रचण्डले भने, भारत भ्रमणमा जाँदा नेपालको एयर रुटसँग सम्बन्धित विषय र लुम्बिनीमा सहज हवाई सेवा सञ्चालन गर्ने विषय प्राथमिकताका साथ उठाउने तयारी गरिसकेको छु ।

देशमा नयाँ निर्माण भएको लुम्बिनी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत हुँदै नेपाल प्रवेश गर्ने नयाँ एयर रुट नेपालले माग्दै आएको छ । जसमध्ये महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा र जनकपुरतर्फ भारतबाट प्रवेश गर्ने एयररुट छन् । ती एयररुटबाट नेपाल छाड्न दिएपनि प्रवेश गर्न अनुमति छैन । यसले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा समस्या आइरहेको छ ।

नेपाल प्रवेश गर्न सिमरातर्फको एयररुट मात्र भारतले अनुमति दिएको छ । यो एयररुट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने विमानका लागि हो ।

यसैगरी, प्रचण्डले आज बिहिबार हुने भनिएको मन्त्रिमण्डल विस्तार भोलि शुक्रवार हुनसक्ने बताएका छन् । उनले केही मन्त्रालय कुन दलले पाउने भन्ने मिलाउन बाँकी रहेको खुलासा गर्दै यस्तो बताएका हुन् ।
प्रचण्डले भने, एक दुई वटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । आज नसकिए भोलि विहान मन्त्रिमण्डल विस्तार गर्ने प्रचण्डले बताए ।

यसअघि बुधवार बसेको १० दलको बैठकले मन्त्रालयको संख्या टुंगो लगाएको थियो । तर, मन्त्रालयहरुको टुंगो लगाउन भने अझै बाँकी रहेको खुलाइएको थियो । तर, आजै मन्त्रिमण्डल विस्तार हुने खुलाइएको थियो ।

 

प्रतिक्रिया