लोसपाले शरत सिंह भण्डारीलाई मन्त्री बनाउँदै

काठमाडौं, १६ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शरत सिंह भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ । सत्तागठबन्धनमा परेको भागवन्डा अनुसार लोसपाका सांसद भण्डारी श्रम मन्त्रालयले सम्हाल्ने भएका हुन् ।
सत्तारूढ गठबन्धनबीच नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २÷२ र जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले १÷१ मन्त्रालय लिने सहमति भएको छ ।