अर्जेन्टिना र नेदरल्याण्ड्स क्वाटरफाइनलमा

एजेन्सी, १८ मंसिर । अर्जेन्टिना र नेदरल्याड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा भिड्न भएका छन् । गएराति भएको नकआउट चरणको खेलमा दुवै टोली विजयी भए ।
अर्जेन्टिनाले अष्ट्रेलियामाथि २-१ को जीत निकाल्यो । अर्जेन्टिनाका लागि स्टार खेलाडी मेस्सीले एक गोल गरेका थिए । दोस्रो गोल अल्फारेजले गरे ।
नेदरल्याड्सले अमेरिकालाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।