मोरक्कोले चौंथो स्थानमै चित्त बुझाउनुपर्यो

एजेन्सी, ३ पौष । विश्वकप फुटबलमा पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेर इतिहास रचेको अफ्रिकी टोली मोरक्को तेस्रो स्थानका लागि भएको खेलमा क्रोएशियाबाट पराजित भएको छ । गएराति सम्पन्न खेलमा मोरक्कोमाथि क्रोएशियाले २-१ को जीत निकालेको हो ।
खेलको छैठौं मिनेटमै क्रोएशियाले अग्रता हासिल गरेपनि मोरक्कोले नवौं मिनेटमा गोल गरेको थियो । पहिलो हाफको अन्ततिर क्रोएशियाले सानदार गोल गरेको थियो ।
खेल बराबरीमा ल्याउन मोरक्कोले निकै प्रयास गरेपनि सफल हुन सकेन ।