जापान कोस्टारिकासँग स्तब्ध

एशियाली फुटबल महाशक्ति जापान कोस्टारिकासँग १-० गोलले पराजित भएको छ । आज भएको खेलमा कोस्टारिकाका किसर फुलरले ८१औं मिनेटमा गोल गरी कोस्टारिकालाई महत्वपूर्ण जित दिलाएका हुन् ।
जापानले उत्कृष्ट खेल खेलेपनि गोल गर्न सकेन । समूह ई को पहिलो खेलमा चारपटकको विश्वकप विजेता जर्मनीमाथि जित हासिल गरेर सनसनी मच्चाएको जापान आज स्तब्ध भयो । अब अघिल्लो चरणमा जान जापानले स्पेनमाथि जीत निकाल्नुपर्ने हुन्छ ।
