७ आश्विन २०८१, सोमबार | September 23, 2024

काठमाडौंमा क्लोथ बैंक सञ्चालन


415
Shares

काठमाडौं,२० फागुन । काठमाडौंमा क्लोथ बैंक सञ्चालनमा आएको छ । टोखा नगरपालिकाको प्राङगणमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै महानायक राजेश हमालले यो पुन्य कार्य रहेको बताउनुभयो ।

मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने उदेश्य छ । देसका सातै प्रदेशमा स्वोरुम हरु संचालन गरेर हामि जो कोहिले प्रयोग गर्न मिल्ने छ । आफ्नो घर, टोल र समाजलाई सफा राखौ १ भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एण्ड फुड बैक नेपालका अध्यक्ष कमल जीसीले बताउनुभयो । कार्यक्रम नेपाल भर का सम्पूर्ण स्थानीय सरकार तथा विभिन्न निकायलाई सहकार्य का लागि आवहानन गनर्सभयो

कार्यक्रमको उदघाटन गर्दै महानायक राजेश हमालले कपडा बिहिनलाई कपडा दिने र पुरा कपडा मुक्त गर्ने पुन्य कार्यमा सहभागी हनुका सबैलाई लागी महानायक राजेश हमालले आग्रह गर्नुभयो ।

क्लोथ एण्ड फुड बैक संचालनमा टोखा नगरपालिका काठमाडौंमै पहिलो बनेको छ । यस्तो नयाँ काम र उत्कृष्ट काम गर्न पाएकोमा टोखा नगरपालिकाका नगर प्रमुख हर्षित हुनुहुन्छ । कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह गर्नुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर जिसीले नगरपालिका सँगको सहकार्यमा यति पुण्य काम गरेकोमा हर्षित हुनुभयो । नगरपालिका भित्र संचालन हुने कपडा संकलन बक्स राखिने बताउनुभयो । यसको दिर्घकालिन रुपमा अडागी बढाउन समेत शुभकामना दिनुभयो ।

केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देही संचालन समेत गरिसकिएको छ । नगरका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनस् प्रशोधन रि–साइकल गरेर आवश्यकताका आधारमा वितरण गरिनेछ ।

अध्यक्ष जीसीका आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएकोबताउनुभयो । उनका अनुसार अहिलेसम्म १५४ स्थानीय तह यो अभियानमा जोडिएका छन् ।

प्रतिक्रिया