एकीकृत समाजवादीबाट भुसाल र ज्वाला मन्त्री हुँदै
काठमाडौँ, चैत १५ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी बाट डा.बेदराम भुसाल र प्रकाश ज्वाला मन्त्री हुने भएका छन्। उपाध्यक्ष डा.भुसालको नेतृत्वमा उपमहासचिव ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
आजको बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय भएको स्रोतले जनाएको छ । पार्टीले तीन मन्त्रालयको दाबी गरेकाले अर्को मन्त्रालयका लागि पनि पहल गर्ने छ ।
यसअघि पार्टीले सरकारमा पठाउने नेताको नाम छनोट गर्न गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गरिएको थियो । पार्टी अध्यक्ष नेपालले सरकारमा पार्टीको संलग्नताका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आजै साँझ छलफल गर्ने जनाइएको छ ।