८ बैशाख २०८३, मंगलबार | April 21, 2026

मुख्यसचिव अर्यालको आइटी माफियासँग साँठगाँठ, देशमाथि ठूलै घात


1.8k
Shares

काठमाडौं, १८ फागुन । मुख्यसचिव बैकुण्ठ अर्यालको टेलिकम माफियासँगको साँठगाँठलाई नेपाली पेनले खुलासा गर्दै आएको छ । पछिल्लो समय उनी विभिन्न भ्रष्टाचारकाण्डमा मुछिएको सप्रमाण खुलासा भइरहेको छ ।

अर्याललाई मुख्यसचिव बनाउनमा माफियाकै योजना थियो । यो योजनामा एनसेल कर छली प्रकरण सफल बनाउने देखि टेलिकम क्षेत्रमा अरबौं घोटाला गर्ने विषय रहेको छ । यही योजना अनुसार टेलिकम र दूरसञ्चार प्राधिकरणमा नियुक्तिहरु भइसकेका छन् ।

मुख्यसचिव अर्यालको नियुक्तिमा पनि माफिया गिरोहकै भूमिका रहेको छ । जसमा यसअघिका मुख्यसचिव शंकरदास वैरागी पनि संलग्न थिए । उनले अर्याललाई मुख्यसचिव बनाउन समय बाँकी छँदै राजीनामा दिए ।
पासा यसरी पल्टियो ।

प्रधानमन्त्री प्रचण्डले तत्कालीन ऊर्जा सचिव दिनेशकुमार घिमिरेलाई मुख्यसचिव बनाउने बचन दिइसकेका थिए । २०८० असार १४ गते तत्कालीन मुख्यसचिव शंकरदास बैरागी खनाल ३ वर्षे सेवा अवधिका कारण घर जाने भएपछि घिमिरेको थाप्लोमा मुख्यसचिव आउने पक्कापक्की थियो । प्रचण्डले प्रधानमन्त्रीको कार्यकक्षमै बोलाएर घिमिरेलाई ‘तपाईं जलस्रोत, विद्युत व्यपार हरेक कुरामा विज्ञ र जान्ने हुनुहुँदोरहेछ तपाईंलाई नै मुख्यसचिव बनाउँछु ढुक्क हुनुहोस्’ भनेका थिए ।

मुख्यसचिव बन्नेमा ढुक्क भएका घिमिरे विदेशतिर लागे तर स्वदेशमा खेल उल्टियो । बैरागीभन्दा १४ दिन अगाडि घर जान लागेका सचिव डा। बैकुण्ठप्रसाद अर्याललाई सेटिङ मिलाएर मुख्यसचिव बनाइयो । बैरागीलाई हुँदै नभएको पद सिर्जना गरेरराष्ट्रिय सुरक्षा सल्लाहकार बनाएर खल्तीमा राजीनामा बोकेर हिँडेका अर्याललाई मुख्यसचिव बनाइयो ।

बहुचर्चित एमसीसी र सञ्चार मन्त्रालयमा हुँदा आरजु राणा देउवाको योजनामा ज्ञानेन्द्रबहादुर कार्कीलाई विश्वासमा लिएर काम गरेका अर्यालले बैरागीलाई मन्त्री सरहको पदमा व्यवस्थापन गरेर घर जाने अघिल्लो दिन जेठ ३२ मा मुख्यसचिव बन्न सफलता हासिल गरे । त्यसपछि घिमिरे पूरा अवधि पनि सचिव पदमा नबसेर राजीनामा दिन वाध्य भए। प्रधानमन्त्री प्रचण्ड पनि यो खेलमा ठूलै शक्तिसामु निरिह भए ।

एमसीसी र एनसेलको खेल

अर्याललाई मुख्यसचिव हात पर्नुमा एमसीसी र एनसेलको मुख्य भूमिका रहेको बुझिएको। त्यसमा काँग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउावको भूमिका महत्वपूर्ण देखिन्छ । अख्तियारको हिरासतमा रहेका आईटी माफिया विकल पौडेल र सुनिल पौडेललाई कानुन नै फेरेर महत्त्वपूर्ण पदमा नियुक्ति दिलाउन तत्कालीन सञ्चार सचिव रहेका अर्यालको महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

शंकरदास वैरागी, बैकुण्ठ अर्याल, विकस पौडेल र सुनिल पौडेललगायत एउटै गिरोहका हुने भन्ने खुल्दै गएको छ । उनीहरुले राष्टिय परिचयपत्र, इम्बोस्ड नम्बर प्लेटका अलावा विभिन्न आइटी र टेलिकमसम्बन्धी ठेक्का र खरिदमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलका थिए । सस्कृति र धर्ममाथि प्रहार गर्ने गतिविधिको भारी बोकेका थिए ।

विकललाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः दोहोऱ्याउनका लागि कानुन फेर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाउँदा तत्कालीन सचिव अर्यालले ‘टोकन मनी झण्डै २० लाख लिएको चर्चा छ । त्यसको केही प्रमाण खुलिसकेको छ । पुनर्नियुक्तिको बेला त ठूलै लाभ लिएको चर्चा अझै सञ्चार मन्त्रालयतिर सेलाएको छैन । सुनिललाई नेपाल टेलिकमको एमडी बनाउँदा त्योभन्दा ठूलो खेल भयो ।

सामान्यतः मन्त्रीले सचिव लाने गर्छन् तर ज्ञानेन्द्रबहादुर काक�

प्रतिक्रिया