३ आश्विन २०८१, बिहिबार | September 19, 2024

अख्तियार प्रमुख राईले गरे टेरामक्स प्रणालीमा मुद्दा हाल्ने खुलासा, को को हाइप्रोफाइल पर्लान्


February 27, 2024
5.3k
Shares

काठमाडौं, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स घोटाला प्रकरणमा चाँडै मुद्दा दायर गरिने खुलासा गरेका छन् । उनले बयान लिइसकेको र मुद्दा दायर प्रक्रिया अन्तिम चरणमा पुगेको समेत खुलाए ।

संसदको सार्वजनिक लेखा समितिमा बोल्दै राईले आफूहरु परिणाम दिने गरी लागेको समेत बताए । उनले देशभित्र मात्र नभई बाहिरबाट पनि भ्रष्टाचार भइरहेको खुलासा गरे । उनको संकेत विकल पौडेल र सुनिल पौडेल समूहले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस, पेमेन्ट गेटवेलगायतको मामलातर्फ थियो ।

टेरामक्स प्रणालीमा अरबभन्दा बढी घोटाला भएको विषय आइरहेको छ । यो प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीहरु मोहनबहादुर बस्नेत, ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन सचिव तथा हालका मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, तत्कालीन सचिव महेन्द्र गुरुङलगायत मुछिएका छन् । अख्तियारले उनीहरु सबैसँग बयान लिइसकेको छ ।

टेरामक्स प्रणालीमा हाइप्रोफाइललाई जोगाउने चलखेल चलिरहेको छ । यही बेला अख्तियार प्रमुख राई सार्वजनिक लेखा समिति पुगेर महत्वपूर्ण अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया