४ कार्तिक २०८१, आइतबार | October 20, 2024

मनाङमा हिउँले घर भत्किँयो,१ जनाको मृत्यु


February 24, 2024
0
Shares

मनाङ,१२ फागुन । मनाङमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका–६ का बीरबहादुर घले रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ङिस्याङ गाउँपालिका–४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो ।

घर मर्मत गर्ने नौ जना कामदारमध्ये ७ जनाको सकुशल उद्धार भएको छ भने एक जना सामान्य घाइते भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो ।

मृतक घलेको शव पोष्टमार्टमका लागि चामे पठाइएको छ । घरमा हिउँ बढी जमेपछि पानी चुहिने समस्या भएको बुझिएको छ ।

प्रतिक्रिया