रौतहटमा मुस्लिमले हिन्दूमाथि आक्रमण गरेपछि करफ्यु
काठमाडौं, ५ फागुन । रौतहटको इशनाथ नगरपालिकामा हिन्दू समुदायमाथि मुस्लिममाथि आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको छ । सरस्वतीको मूर्ति सेलाउन गइरहँदा हिन्दूमाथि मुस्लिमले आक्रमण गरेका थिए ।
हिंसा भड्कने खतरा बढेपछि प्रमुख जिल्ला अधिकारीले करफ्यु आदेश जारी गरेका छन् । कफ्र्यु ईशनाथ नगरपालिकाको पूर्वमा जोकहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकी क्षेत्र रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सूचना जारी गरी जानकारी गराएका छन् ।
३ फागुनमा सरस्वतीको मूर्ति विसर्जन गर्न जान लागेका हिन्दूमाथि मोतीपुरमा आक्रमण भएको थियो । त्यसपछि फेरि बढेका हिन्दूहरुमाथि शनिबार घिउरामा आक्रमण भयो ।
हिन्दूहरुले मूर्ति सेलाउन जाने बाटो रोक्ने र आक्रमण गर्ने गरेपछि स्थिति तनावग्रस्त भएको हो । मुस्लिमहरुले घर घरबाट हिन्दूमाथि ढुंगा प्रहार गरेको दृश्यहरु सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनामा एक दर्जनभन्दा बढी घाइते छन् ।
पछिल्लो समय तराईका विभिन्न जिल्लामा हिन्दूहरुमाथि आक्रमणको घटना बढेको छ । हिन्दूको धार्मिक कार्यक्रममा अवरोध पुर्याउने र आक्रमण गर्ने घटना बढेको हो ।