२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

शुक्रबारदेखि एसईई सुरु हुँदै,४० जनाले जापानबाटै परीक्षा दिने


0
Shares

काठमाडौं, १५ चैत्र । शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुने जनाएको छ ।

बोर्डको अनुसार २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन् । परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइसकिएको छ ।

यस वर्ष विदेशबाट पनि परीक्षार्थीहरु परीक्षमा सहभागी हुनेछन् । बोर्डको अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरु ४० जनाले जापानबाटै परीक्षा दिन लागेका हुन् । बालबालिकाहरुले जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढिरहेका छन् ।

७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया