पेलेको अवस्था चिन्ताजनक
एजेन्सी, १८ मंसिर । फुटबलका पूर्वस्टार पेलेको अवस्था चिन्ताजनक छ । क्यान्सको उपचार गरिरहेका ८२ वर्षीय पेलेलाई चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार गरिदैछ ।
यसै हप्ता क्यान्सरको उपचारका लागि पेलेलाई अस्पताल भर्ना गरिएको थियो । अलबर्ट आइन्स्टाइन अस्पताल साउ पाउलोमा उपचाररत पेलेको स्वास प्रश्वासमा समस्या देखिएको बताइएको छ ।