३ आश्विन २०८१, बिहिबार | September 20, 2024

अरुण चौधरी छाडिए, अनुसन्धान बढ्ला ?


February 7, 2024
1.9k
Shares

काठमाडौं, २४ माघ । बाँसबाँरी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी प्रकरणमा पक्राउ परेका अरुण चौधरी हिरासतमुक्त भएका छन् । उनी काठमाडौं जिल्ला अदालतको आदेशले थुनामुक्त भएका हुन् ।

अरुणसहित सीआइबीले पक्राउ गरेका तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका अध्यक्ष अजितनारायण थापा र चाँदबाँगका सञ्जय ठाकुरलाई थुनामुक्त गरिएको हो ।

राजनीतिक दबाबका कारण चौधरीलाई छाड्न अदालतलाई प्रभावित पारिएको विषय आइरहेको छ । सर्वसाधारणको हकमा अनुसन्धानका क्रममा हाजिरी जमानीमा छाड्ने आदेश आउने गरेको छैन ।

यसैगरी, सीआइबीले हिरासतमुक्त भएपनि चौधरीसहित तीनजनामाथिको अनुसन्धानले निरन्तरता पाउने दाबी गरेको छ । तर, अनुसन्धानलाई प्रभावित पार्न चौधरीले सक्रियता बढाउने देखिएको छ । हिरासतमा रहँदा नै चौधरीका दाजु बिनोद चौधरी सक्रिय बनेका थिए ।

प्रतिक्रिया