४ कार्तिक २०८१, आइतबार | October 21, 2024

मौसमी बाजा बजाएर सत्ता टिकाउने खतरनाक खेल


February 1, 2024
5.6k
Shares

काठमाडौं,१८ माघ । लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रचण्ड सरकारले अनेकौं फण्डा मच्चाएर सत्ता लम्बाउने प्रयत्न गरिरहेको टिप्पणी गरेका छन् । मौसमी बाजा बजाएर सत्तामा टिक्नलाई रचिने अपराध झन् खतरनाक हुने उनको तर्क छ ।

बाँसीबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी र सो कारखानाका पूर्वकार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

सोही विषयलाई लिएर विश्लेषक रायमाझीले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्,“केही व्यवसायीहरूलाई आफू अनुकूलको कार्य नगर्दा सरकारले सार्वजनिक बेइज्जती गर्ने उद्देश्यले सिआइबी मार्फत फण्डा मच्चाएर नौलो कुरा होइन ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवार मुछिएका घटनाहरूको छानबिन नभएको उल्लेख गर्दै रायमाझीले लेखेका छन्,“प्रधानमन्त्रीको सचिवालय बदनाम भएर केही दिनअघि मात्रै प्रचण्डका विश्वास पात्रहरूलाई हटाइएको घटनामा छोरी पनि संलग्न छन् तर उनलाई हटाइएन । अहिले पनि न्यायालयको सेटिङदेखि अनेकौं आर्थिक अपराधहरु र सत्ता साझेदारीका नाउँमा देशमा स्वत आतंक मच्चिरहेको छ । त्यसको कसले छानबिन गर्ने ??”

प्रचण्ड सरकार निष्पक्ष न्याय दिन चुकेको भन्दै रायमाझीले लेखेका छन्,“०४६ सालदेखि आजका मिति सम्म भएका भ्रष्टाचार एवं राज्यलाई हानि नोक्सान पु¥याएका व्यक्ति माथि छानबिन गर्न छुट्टै आयोग बनाउन सक्छ ?? तर प्रधानमन्त्री कार्यालय मातहत रहेका निकायबाट छानबिन गरिने मुद्दाहरू विविध कारणहरूले कतै कसैलाई राहत र कतै आहात पु¥याउने तुरूप मात्रै हुन् ।”

उद्योगपतिहरुको सम्पति बढ्दै जादाँ निगरानी राख्नुपर्ने र राज्यलाई चौतर्फी दोहन गर्ने, ठग्नेहरुप्रति भने सरकार कठोर बन्नुपर्नेमा उनले जोड दिएका छन् ।

सरकारले अभियोग पुष्टि भइसकेकालाई समेत मुद्दा चलाउन नसकेको भन्दै उनले ‘लाचार सरकार’को संज्ञा दिएका छन् । लेखक रायमाझीले भ्रष्ट प्रशासन माफियातन्त्रको सञ्जालमा राज्यशक्ति चलेको भन्दै निर्दोष र नीरअपराधले कष्ट पाउन नहुने बताउँछन् । दण्डनीय अपराधीलाई कानुनको कठगरामा ल्याउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया