४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

डलर अर्बपति चौधरी परिवारमाथि लाग्यो कालो बादल, अरुण चौधरी थुनामा


February 1, 2024
6.6k
Shares

काठमाडौं, १८ माघ । नेपालका एकमात्र अर्बपति बिनोद चौधरी एकपछि अर्को संकटमा पर्दै गए । उनको विदेशमा रहेको कम्पनी समेत कर छलीलगायत प्रकरणमा मुछियो । भारतमा त कर छलीमा कारबाही नै चलेको छ । अहिले उनै चौधरीका भाई अरुण चौधरीलाई संकट आएको छ ।

अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखाना हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले पक्राउ गरी थुनामा राख्ने अनुमति अदालतबाट लिएको छ । चौधरीले कारखानका सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरसँग मिलेर जग्गा हडपेको विषयमा सीआइबीले अनुसन्धान बढाएको हो । यो घटनामा अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन् ।

चौधरी परिवार एकपछि अर्को विवादमा मुछिदै आएको छ । वसन्त चौधरी नर्भिकको जग्गा प्रकरणमा विवादमा छन् ।

बिनोद चौधरी टेलिकम क्षेत्रमा विवादमा परे । उनी कर छलीमा समेत विवादमा पर्दै आएका छन् । चौधरी विदेशमा पूँजी पलायनमा समेत संलग्न रहेको विषय उठ्दै आएको छ ।

नेपाली काँग्रेसका सांसद समेत रहेका बिनोद चौधरीका भाई अरुण पक्राउ पर्नुलाई अर्थपूर्ण मानिएको छ । चौधरी परिवारका अन्य सदस्य समेत प्रहरी अनुसन्धानमा ल्याउने तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया