४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

एनसेल कर छली र टेरामक्स प्रकरणको रस्साकस्सीबीच पुरुषोत्तम खनालको राजीनामा


January 9, 2024
2.6k
Shares

काठमाडौं, २४ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालमाथि एनसेल खरिद प्रकरणमा निकै दबाब बढाइएको थियो । उनीमाथि एनसेलको शेयर खरिदविक्रीको सक्कल कागजात नखोज्न दबाब परेको थियो ।

खनालले उक्त कागजात मगराउन पत्राचार गरेका थिए । त्यसलाई बेवास्ता गर्न सञ्चारमन्त्री रेखा शर्मा देखि शक्तिशाली व्यक्तिहरुको दबाब थियो । तर, खनालले बरु राजीनामा दिने तर पछि नहट्ने अडान राखे । अन्तमा उनी राजीनामा दिन वाध्य भए ।

एनसेल कर छली प्रकरणलाई सामसुम पार्न ठूलै शक्ति सक्रिय रहेको छ । यस क्रममा धेरै घटना विकास हुने देखिएको छ ।

यसैगरी, टेरामक्स प्रकरणमा पनि खनाल जोडिएका छन् । यससम्बन्धी अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ । टेरामक्समा पनि ठूलै चलखेल भएको छ ।

प्रतिक्रिया