६ आश्विन २०८१, आइतबार | September 22, 2024

कांग्रेस वाग्मतीको पहिलो सम्मेलन आजदेखि,देउवाले उद्द्घाटन गर्दै


December 23, 2023
83
Shares

काठमाडौं,७ पुस । नेपाली कांग्रेस वाग्मती प्रदेशको पहिलो सम्मेलन आजदेखि काठमाडौंमा हुँदैछ । सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।

सम्मेलनमा विधानबमोजिम ७८२ प्रदेश सम्मेलन प्रतिनिधि, वाग्मती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापतिको सहभागिता रहने पार्टीका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेस गरिने जानकारी दिइएको हो । कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।

प्रतिक्रिया