३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बालेनले दिए क्रिसमस मान्न पोशाक खरिदमा वाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी


December 22, 2023
4k
Shares

काठमाडौं, ६ पुस । काठमाडौं महानगरपालिकाले इशाईको चाँड क्रिसमस मान्न पोशाक किन्न विद्यार्थीलाई वाध्य पारिएकोमा गम्भीरता देखाएको छ । महानगरपालिकाले तोकिएको विद्यालय पोशाकबाहेक पोशाक किन्न वाध्य पारिए दण्ड सजाय हुने चेतावनी दिएको हो ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्तिमार्फत् काठमाडौं महानगरपालिकाभित्र संचालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न वाध्य पारिएको गुनासो भकाले त्यसो नगर्न भनिएको छ ।

मेयर बालेन साह इशाईको गतिविधि विद्यालय तहमा बढेको र विद्यार्थीलाई वाध्य पारी पोशाक खरिदमा लगाइएको खबर पाएर कडा रुपमा प्रस्तुत भएको बुझिएको छ ।

प्रतिक्रिया