जनतालाई “सरी” भन्नु पर्दैन् नेताज्यू ??
आकृति रायमाझी । काठमाडौं, ४ पुस । देशका लागि सोचिदिने नेता सकिएछन् । देशको समस्याहरू सकिएका होइनन् केबल देश मेरो हो र देश बनाउनु मेरो कतव्र्य हो भनरे लागि पर्ने नेता सकिए । नेताहरुको घरपरिवार बन्यो विचरा मेरो देश बन्न सकेन् । देश बनाउने बिचराहरुमाथि छलफल गर्ने,विश्लेषण गरी ग्रहण गर्ने र राष्ट्र,राष्ट्रियता अनि एकताको भावना निर्माण गर्ने कार्य अघि सार्ने नेता कोही भएनन् ।
व्यक्तिगत स्वार्थपूर्ति गर्नका लागी ठुला–ठुला नेताहरुले पार्टीलाई कहिले एकजुट गराए त कहिले फुट गराए भने राजनीतिक पार्टीलाई, पार्टीकै बिचारबाद एजेन्डा विपरीत प्रयोग गरेका छन् । देशलाई द्रुतगतिमा लैजाने लक्ष्य, नीति, रणनिति र गतिविधिहरूका बारेमा सोचि दिने नेता कोही छैनन् ।
जनयुद्धका हीरो प्रचण्ड र कांग्रेसका स्तंभ मानिने नेता शेरबहादुर देउबालाई एउटा प्रश्न शोध्न मन लागेको छ–सरकार र कुर्सीको लागी गठबन्धन गर्न दलको विचार, धार र वादले रोक्दैन र यति सजिलोसँग गठबन्दन सम्भव थियो भने २०५८ मा नै गठबन्धन किन गर्नु भएन ? तपाईहरु लगायतका नेताहरुको सत्ता मोहले देश आज यति पीछडिएको छ । युवा विदेशिन बाध्य छन् । देश कंगाल हुन लागि सक्यो तर आर्थिक रणनीति बनाउने वा समाधान खोझ्ने कुनै नेतालाई मतलब छैन् बरू यही आर्थिक मन्दीलाई राजनीतीकरण गर्छन् । नेताले प्रयोग गर्ने गाड़ी, दर्जनौ सुरक्षाकर्मी, नेताको पारिवारिक भोज, स्वास्थ्य उपचारको लागि भनेर हामी जनता सँग अस्वाभाविक कर उठाउँदा तपाइले जनतासंग माफि माग्नु पर्दैन् ? जनयुद्धमा परिवर्तन हेतु तेत्रो मानिसले ज्यान गुमाए, के का लागि नेताज्यू ? तपाईहरुको स्वार्थी राजनीति ?? २०६३ को आन्दोलनमा हामिलाई परिवर्तन र चौतर्फी विकासको झुठा आश्वाशन दिएर झुक्काउनु भयो अनी आफ्नो घर र जीवनशैली मात्र �

