२८ बैशाख २०८३, सोमबार | May 11, 2026

सानिमा बैंकसँग सम्बन्धित सम्पत्ति मूल्यांकनका काम देशभर ठप्प


664
Shares

बैंकका शाखा कार्यालयसँग सम्बन्धित सम्पत्ति मूल्यांकनका काम “जहाँ जुन अवस्थामा छन्, त्यही अवस्थामा” रोक्न दिर्नेशन ।

काठमाडौं, २८ वैशाख । सानिमा बैंकसँग सम्बन्धित सम्पूर्ण सम्पत्ति मूल्यांकन (भ्यालुएसन) का काम आजदेखि देशभर ठप्प भएका छन्।

मूल्यांकनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले आफ्ना मागप्रति बैंकले तत्काल सम्बोधन नगरेको भन्दै देशभरका सदस्यहरूलाई सानिमा बैंकसँग सम्बन्धित सम्पत्ति मूल्यांकनका सबै काम रोक्न निर्देशन दिएको हो।

एनभिएले जारी गरेको निर्देशनअनुसार बैंकका शाखा कार्यालयसँग सम्बन्धित सम्पत्ति मूल्यांकनका काम “जहाँ जुन अवस्थामा छन्, त्यही अवस्थामा” रोकिएका छन्। यससँगै आजदेखि मूल्यांकनकर्ता इन्जिनियरहरूले सानिमा बैंकका लागि नयाँ साइट निरीक्षणसमेत नगरेको जनाइएको छ।

एसोसिएसनले साइट निरीक्षण भइसकेका फाइलहरूमा पनि प्रारम्भिक प्रतिवेदन नदिन तथा अन्तिम प्रतिवेदन माग गरिए पनि उपलब्ध नगराउन आफ्ना सदस्यहरूलाई निर्देशन दिएको छ।

यो पनि हेर्नुहोस्

यसअघि एनभिएले आफ्ना माग तत्काल सम्बोधन गर्न सानिमा बैंकलाई चेतावनीसहित अल्टिमेटम दिएको थियो। तर माग सुनुवाइ नभएपछि आन्दोलनका कार्यक्रम कार्यान्वयनमा ल्याइएको जनाएको छ।

एनभिएका अनुसार यो निर्णय अर्को सूचना जारी नभएसम्म लागू रहनेछ। एसोसिएसनले देशभरका प्रदेश कमिटी, च्याप्टर कमिटी तथा सम्पत्ति मूल्यांकनकर्तालाई वैशाख २८ गतेदेखि नै निर्देशन कार्यान्वयन गर्न भनिसकेको छ।

प्रतिक्रिया