३ आश्विन २०८१, बिहिबार | September 19, 2024

डा. गोविन्द केसीको सर्वत्र विरोध


December 18, 2023
7.5k
Shares

काठमाडौं, २ पुस । डा. गोविन्द केसीको माग सुन्दा जति लोकप्रीय छ उद्देश्य उत्तिकै खतरनाक देखिदै गएको छ । उनको माग पूरा गर्ने नाममा विगतका सरकारहरुले चालेको कदमले देशका कतिपय शैक्षिक संस्था बन्द मात्र भएनन् दशौं हजारले रोजगारी गुमाए ।

केसीले फेरि आफूसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न भन्दै अनसन चलाए । उनी सुदूरपश्चिम पुगे तर चर्को विरोध भयो ।

डा. भीम रावलले त गोविन्द केसीको काम देश र जनताको हितमा नदेखिएको लेखिसकेका छन् । उनले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुनलागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोजेको टिप्पणी गरेका छन् । उनले डा. केसीको सर्वत्र विरोध हुनुपर्नेमा जोड दिएका छन् ।

केसी कुनै शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गर्नुपर्ने लेखेका छन् ।

गोविन्द केसीको गतिविधिका कारण युवा पलायनमा साथ मिलेको छ । दैनिक हजारौं युवाहरु पश्चिमा मुलुकतिर लागेका छन् । कतिपय गैरकानूनी बाटोमा विदेश गइरहेका छन् ।

प्रतिक्रिया