३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ओली-चोलेन्द्र रिझाएर टेरामेक्सकाण्डमा अख्तियार मिलाउन सनिललाई राजदूत


December 12, 2023
3.1k
Shares

काठमाडौं, २६ मंसिर । रोनाल्डोलाई नेपाल ल्याएर कालापत्थरमा फुटबल खेलाउने गफ हाँकेर चर्चामा छन् सनिल नेपाल । उनी पोर्चुगलका लागि राजदूत सिफारिश भएपछि संसदीय सुनुवाई समितिमा यस्तो गफ हाँकेका हुन् । तर, उनलाई राजदूत बनाउन पत्नी पुष्पाले ठूले कसरत गरिन् ।

पुष्पा तिवारी न्यायपालिकामा सेटिङ मिलाउन खप्पिस थिइन् । उनले राजनीतिक नेता कार्यकर्तासम्म पनि निकटता बनाउन सकेकी थिइन् । चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश हुँदा हर्ताकर्ता बनेकी उनले आमा सावित्रिकुमारी शर्मालाई पर्वतबाट झिकाएर महिला आयोगको सदस्य बनाउन सकिन् । उनले चोलेन्द्रको कोटामा शर्मालाई आयोगमा पुर्याउन सकिन् । तर, उच्च अदालतको न्यायाधीश बन्ने सपना सफल भएन ।

चोलेन्द्रकै निगाहामा सनिलले राजदूतमा बाजी मारे । यसका लागि ओलीको कोटामा परेको राजदूत पद चोलेन्द्रकै आग्रहमा सनिलको पोल्टामा पर्यो । विश्वस्त स्रोतका अनुसार पुष्पाले प्रधानमन्त्री प्रचण्डको परिवारका सदस्य देखि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समेत भेटेर माहोल तयार गरेकी थिइन् ।

सनिललाई राजदूत बनाउन पुष्पाले साम, दाम, दण्ड, भेदको रणनीति चालिन् । उनलाई राजदूत बनाउन अख्तियारसम्म माइक्रोम्यानेजमेन्टको रणनीति तयार भएको छ ।
अख्तियारमा ओली र चोलेन्द्रका मान्छे हावी भएकाले त्यहाँ भनसुन गरी काँग्रेसका ज्ञानेन्द्र कार्की, मोहनबहादुर बस्नेतका अलावा प्रचण्डका विश्वासपात्र मानिएका मुख्यसचिव बैकुण्ठ अर्याल समेतलाई मुद्या नलाग्ने अवस्था बनाउने खेल भएको छ । टेरामेक्स भ्रष्टाचारमा यी पात्रलाई जोगाउन सनिललाई चोलेन्द्रमार्फत् ओलीको कोटामा राजदूत सिफारिश गरिएको विश्वस्त स्रोतले बताएको छ ।

तर, यो मुद्याको फाइल रोक्नै नसकिने गरी दबाब परिसकेकेको छ । देउवा र प्रचण्ड भने ओलीलाई भाग दिएर भएपनि मुद्या रोकाउने अन्तिम प्रयासमा छन् ।

प्रतिक्रिया