२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

यी हुन् बालिका बलात्कार गरी हत्या गर्ने मदरसाका शिक्षक खाँ


November 28, 2023
913
Shares

काठमाडौं, १२ मंसिर । गुल्मीमा बालिका बलात्कारपछि हत्या गर्ने मदरसाका शिक्षक रहिस खाँ पुर्पक्षका लागि थुनामा पठाइएका छन् । उनले चन्द्रकोट गाउँपालिका ४ को शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षीया मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत गुल्मीले र्पुपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

मस्जिद मदरसा गुल्सेन मदिनामा शिक्षकका रुपमा २३ वर्षीय खाँ कार्यरत थिए । उनले १६ कात्तिकमा बालिकालाई फकाई मस्जिदभित्र लगी बलात्कार पछि हुग्दीखोलामा फालेका थिए ।

हराएकी बालिकाको खोजीका क्रममा १७ गते विहान शव खोलामा फेला परेको थियो । नग्न अवस्थामा शव भेटिएपछि प्रहरीले लामो अनुसन्धानपछि रहिस खाँलाई पक्राउ गरेको थियो । खाँ बाँके घर भएका हुन् ।

मनिषा रुचाल कक्षा ९ मा अध्ययरत थिइन् । उनी घटनाको दिन खेतालाई सुर्ती पुर्याउन जाँदै थिइन् ।

प्रतिक्रिया