८ आश्विन २०८१, मंगलबार | September 24, 2024

समाजसेवामा समर्पित तन मन धनका कुबेर


November 18, 2023
1.7k
Shares

सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर। धनका देवता हुन् कुबेर । भक्तपुरमा तन मन र धनका कुबेर खत्री छन् जो सदैव समाजसेवामा समर्पित रहन्छन् । उनलाई जहिलेपनि समाजमा दीगो विकासको चिन्ता छ । त्यसैले विपन्न आर्थिक अवस्था भएकालाई माथि उठाउन योजनासहित बढेका छन् ।

समाजसेवाका लागि चुनाव जितेर जनप्रतिनिधि नै हुनुपर्दैन आफ्नो ठाउँबाट योगदान गरे पुग्दोरहेछ । यो उदाहरण बनेका छन् कुबेर खत्री । उनले चुनाव जितेर आएका मैं हुँ भन्ने जनप्रतिनिधिले भन्दा बढी काम गर्दै आएका छन् ।

कुबेर जनतामाझ लोकप्रीय छन् । उनी दिनदुःखीको सेवामा समर्पित छन् । कुबेर भन्छन्ः जीवनको परमानन्द नै सेवा रहेछ । दुखमा परेका मानिसहरूको सेवा गर्नुलाई अहोभाग्य ठान्छन् कुबेर । त्यसैले उनी विपन्नहरुमाझ उत्तिकै प्रीय छन् । आफूसँग भएको धनको सदुपयोग अरुको सेवाबाट हुने उनको विचार रहेको छ । त्यसैले धनको सही सदुपयोगमा छन् कुबेर । यसरी नै सेवामा समर्पित भइरहने उनको इच्छा छ । यसले पनि उनलाई लोकप्रीय बनाउँदै लगेको छ ।

प्रतिक्रिया