२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आज भाइटिका, दिनभर टिका लगाउन सकिने


November 15, 2023
0
Shares

काठमाडौं, २९ कात्तिक । नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ। तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ।

यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान(दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ।

दाजु यमराजलाई विशेष मान सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुखसमृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

भाइटीका बुधवार दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएक थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन्। त्यो बेलामा यमपञ्चक परेको थियो। यमपञ्चकभर यमुना कहाँ बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन्। त्यहीबेलादेखि तिहार मनाउन थालिएको हो ।

प्रतिक्रिया