२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

गण्डकीबाट समर्थन फिर्ता लिंदै माओवादी


0
Shares

काठमाडौं, १० चैत्र । नेकपा एमालेको नेतृत्वको सरकारलाई दिएको नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ ।

माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले बिहीबार समर्थन फिर्ता लिएर अघि बढ्न निर्देशन दिएसँगै आज माओवादी संसदीय दलको बैठक बोलाइएको हो ।

आज ११ बस्ने बैठकबाट सरकारबाट बाहिरिने निर्णय गर्ने एक नेताले बताए । प्रदेश सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुुपर्ने संवैधानिक व्यवस्था छ ।

माओवादीको २ मन्त्री थिए । अब मुख्यमन्त्री खगराज अधिकारीले पुनः दोस्रोपटक विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया